अमेरिकाले यमनमा युद्धको समर्थन नगर्ने

अमेरिकाले यमनमा आफ्ना सहयोगीको आक्रामक कारवाहीको समर्थन नगर्ने भएको छ। विदेश नीतिमाथि आफ्नो पहिलो ठूलो भाषणमा राष्ट्रपति जो बाइडेनले भने, ‘यमनमा अब युद्ध समाप्त हुनुपर्छ।’

बाइडेन अघिका दुई राष्ट्रपतिको कार्यकालमा अमेरिकाले यमन विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको गठबन्धनको समर्थन गरेको थियो।
यो संघर्षका कारण यमनका लाखौं मानिसहरुलाई भोकमरीको स्थितीमा ल्याइदिएको छ।

यमन पछिल्लो ६ वर्षदेखि युद्धको विध्वंश झेलिरहेको छ जसमा १ लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको बताइएको छ।
उक्त लडाईं सन् २०१४ मा एक कमजोर यमनी सरकार र हूती विद्रोही आन्दोलनबीच सुरु भएको थियो।

एक वर्षपछि यो लडाईं थप चर्कियो जब साउदी अरब र अन्य आठ अरब देशले हूती विद्रोहीमाथि हवाई हमला सुरु गर्न थालियो। यसले अमेरिका, बेलायत र फ्रान्सको समर्थन हासिल गरेको थियो।

अन्य सम्बन्धित समाचार:  इरान समर्थित मिलिसियाको सिरियास्थित अखडामा हमला गर्न अनुमति