काठमाडौं। नागरिक समाजले शीतल निवास नजिक मार्च पास गरेको छ। बिहीबार बिहानै राष्ट्रपति विद्यादेवी भण्डारीले अवैधानिक रुपमा संवैधानिक निकायमा नियुक्ति गरेको विरोधमा वृहत नागरिक आन्दोलनको आयोजनामा मार्चपास गरिएको हो।
नागरिक समाजका अगुवाहरूले बिहान पद्मरत्न तुलाधर निवास परिसर, लैनचौरदेखि शीतल निवासको निषेधित क्षेत्रसम्म मार्चपास गरेका हुन्। कामचलाउ सरकारले संविधान विपरित संवैधानिक नियुक्ति गरेका भन्दै त्यसको चौतर्फी विरोध भइरहेको छ।