सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

माेटरसाइकल

बारा। ड्युटीमै अचानक बेहोस भई ढलेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। बोर्डर आउट पोष्ट कबहीगोठ बारामा कार्यरत दार्चुलाको लेकम गाउँपालिका-३ का सशस्त्र प्रहरी निरीक्षक ४५ वर्षीय नारायणसिंह ऐरको मृत्यु भएको हो।

सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेशका अनुसार बिहीबार दिउँसो उनी आमहड्तालमा ड्युटीमा खटिएका थिए। हिँड्दाहिँड्दै उनी अचानक बेहोस भएका थिए।

डिआइजी चन्द्रप्रकाश गौतमका अनुसार उनलाई तत्कालै कलैया अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएकाे थियो।

ऐरलाई हृदयाघात भएको डाक्टरले बताएका थिए। उनको शव आफन्तलाई बुझाइएको छ।