ओलीको पञ्च भेलाले २०४६ को झल्को दियोः प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको पञ्च भेलाले २०४८ सालको झल्को दिएको बताएका छन्। 

उक्त समूहले ललितपुरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले संविधान र जनताको भावना बुझ्नुभन्दा पनि कार्यकर्ताका टाउका गनेर पञ्चभेला गरेको देख्दा २०४६ को याद आएको बताएका हुन्।

उनले ओली पक्षका भेलालाई पञ्चभेलाको संज्ञा दिँदै आएका छन्। बिहीबार ओली समूहले नारायणहिटी गेटअघि शक्ति प्रदर्शन  गर्दैछ। अध्यक्ष प्रचण्डले बुधबारको देशव्यापी आमहड्ताल बाध्यकारी कदम भएको समेत बताएका छन्। 

अन्य सम्बन्धित समाचार:  ‘कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुँन्न’: पोखरेल