छतबाट खसेर मकवानपुरमा एक जनाको मृत्यु

काठमाडौं। छतबाट खसेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टीप्यालेसको छतबाट खसेर रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादवको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार बिहान ६ः१५ बजे पार्टीप्यालेसको पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मृतक यादव क्विक–२० पार्टीप्यालेसमा सरसफाइको काम गर्दै आएका थिए।

उक्त घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  पूर्वपर्यटनमन्त्री स्व अधिकारीको स्मरण