ओलीले सेना दौडाउँदैमा डराउनेवाला छैनौंः माधव नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले बुधबारको आमहड्ताल संवैधानिक निकायमा असंवैधानिक नियुक्तिको विरुद्धमा भएको स्पष्ट पारेका छन्।

ललितपुरमा पत्रकारहरुसंग भएको अनतरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘हिजोको आमहड्ताल कयौँका लागि पीडादायी भयो, दैनिक ज्यालादारी, विरामी ,विद्यार्थी को लागि पीडा भयो, यो सबको कारण केपी ओली हुन्,’ नेकपा अध्यक्ष नेपालले भने, हिजो को बन्दले नयाँ सन्देश दिएको छ ।’

हिजोको हड्ताल केपी ओलीले जे भन्यो त्यो खुरुखुरु मान्छन् भन्ने कुराको बिरुद्ध भएको नेपालले बताए । ‘अहिलेको अबस्थामा चोईटिएर गएकोको केही अधिकार छैन, नेपालले भने ‘हामी सबै ठाउँमा बहुमत छौ । केन्द्रीय कमिटी दुईतिहाइ छौ ।’

अन्य सम्बन्धित समाचार:  चितवनको कार्यक्रम छाडेर काठमाडौं आउँदै प्रचण्ड र माधव

नेकपामा आँखा लगाउन पाइदैन । बालकोट गएर बनाए भयो बा को गणेश प्रवृति अपनाए भयो ।’ नेपालले अहिलेको यो लडाइँ व्यक्तको नभई विचारको लडाइँ भएको बताए ।

ओलीले रिङरोडमा सेनालाई परेड खेलाउँदैमा कोही नडराउने उनले बताए । हिजोको आमहड्तालमा जनकपुरमा गोलि हानेको र नुवाकोटमा पनि प्रहरी हिंसा भएको बताए ।