ओलीको आमसभाअघि सडक पखालियो

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले आज आयोजना गरेको आमसभाको व्यवस्थापकीय तयारी तीब्र पारिएको छ। शुक्रबार मध्यान्ह १२ बजे नारायणहिटी दरबारअगाडि ओली समूहले आमसभा गर्दैछ।

सभाका लागि दरबारमार्गको सडक बिहानै पानीले पखालिएको छ। सभामा आउनेहरूका लागि घुम्ती शौचालयको पनि व्यवस्था गरिएको छ।
यसअघि हिजो दरबारमार्ग भएका डिभाइडर हटाइएको थियो।

सभा अघि उक्त समूहले राजधानीका विभिन्न १६ स्थानबाट जुलुस निकाल्ने नेता महेश बस्नेतले जानकारी दिए। बिहान ११ बजेदेखि जुलुस सुरू हुनेछ।

उक्त समूहको बागमती प्रदेशले आयोजना गर्न लागेको आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने छन्।

अन्य सम्बन्धित समाचार:  हटाउन सक्छ भने हटाओस्, अर्को चुनावमा दुई तिहाइ ल्याउँछु: प्रधानमन्त्री ओली