‘सेनाको उपसेनानी हुँ’ भन्दै ठगी गर्ने इटहरीबाट पक्राउ

काठमाडौं। सेनाको उपसेनानी (लेफ्टीनेण्ट) हुँ भन्दै ठगी गर्ने एक जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। सुनसरीको इटहरी बजारक्षेत्रमा सर्वसाधारण तथा व्यापारीलाई रेड मर्करीको व्यापारमा फाइदा हुन्छ भन्दै ठगी गर्दै हिँडेका पर्सा ठोरी–५ का २८ वर्षीय शिवकुमार कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो।

प्रहरीले इटहरी–६ सामुदायिक अस्पताल अगाडिबाट नेपाली सेनाको कम्ब्याट पोसाक लगाएकै अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेको अवस्थामा उनले उपसेनानीको दज्र्यानी चिन्हसहितको पोसाक पनि लगाएका थिए। कार्कीले ११ लाख रूपैयाँ ठगेको सूचना प्रहरीमा पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनको साथबाट ३३ हजार ४ सय ५० रुपैयाँ नगद, विभिन्न बैङ्कको एटिएम र आइएमईका रसिद तथा विभिन्न कम्पनीका चारथान मोबाइल सेट पनि बरामद गरिएको छ।

अन्य सम्बन्धित समाचार:  श्रीमती हत्या आरोपमा एक जना पक्राउ