काठमाडौं। काठमाडौंको दरबारमार्ग आसपासमा सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको छ। नारायणहिटीको अगाडिपट्टि गर्न लागेको नेकपा ओली समूहको जनसभाका लागि सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको हो।
अहिले यो मार्ग भएर साना निजी गाडी भने चलिरहेका छन्। यस्तै, जनसभालाई ध्यानमा राखेर दरबारमार्ग क्षेत्र हुँदै चल्ने गाडीलाई ठाउँ ठाउँबाट डाइभर्सन गरिएको छ।
जयनेपाल हल, माइतिघर मण्डला, थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, लैनचौर, सोह्रखुट्टे, पुतलीसडक, कृष्ण पाउरोटी, पद्मोदयमोडलगायत क्षेत्रबाट गाडी भर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
यस्तै, यात्रुवाहक ठूला सार्वजनिक बसलाई चक्रपथभित्र चलाउन पनि दिइएको छैन। जनसभाका कारण बढ्ने चापलाई मध्यनजर गर्दै यात्रुवाहक बसलाई चक्रपथमा मात्रै चलाउन दिइएको महाशाखाले जनाएको छ।
ओली समूहको जनसभामा आउन काठमाडांैका ठाउँ ठाउँमा अहिले नेता कार्यकर्ता भेला हुन थालेका छन्।
जिल्ला बाहिरबाट पनि नेता कार्यकर्ता काठमाडांै आउँदै छन्।