खुकुरीले घाँटी रेटी दाजुको हत्या

माेटरसाइकल

सिन्धुली। घरायसी विवादमा भाइले बन्चरो प्रहार गरि दाजुको हत्या गरेका छन। जिल्ला प्रहरी कार्यालय सन्धिुलीका अनुसार मरिण गाउँपालिका वडा नं.मथौलीका गणेश भनिने मानबहादुर बम्जनले आफ्नै दाजु ४८ वर्षिय चेतबहादुर बम्जनको बञ्चरो प्रहार गरी हत्या गरेका हुन्।

विहीबार दिउँसो बाबुआमासँग आफ्नै घरमा आएर बसेका दाजुलाई घरमा जा मेरो घरमा किन आएको भन्दै भाइले लखेट्न खोजेको र नगएपछि पछाडिबाट बन्चरो प्रहार गरी खुकुरीले घाँटीसमेत रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष पोखरेलले बताए।

प्रहरीका अनुसार दाजुभाइ मदिरा सेवन गर्ने र दैनिक जग्गाका निहुँमा झगडा गरिरहने गर्दथे। दाजुको हत्या गरेको आरोपमा भाइलाई आफ्नै घरबाट राती पक्राउ गरिएको छ भने यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदाय र प्रहरीबीच झडप