जिप दुर्घटना हुँदा एकको मृत्यु, १० जना  घाइते

प्युठान। प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १० जना घाइते भएका छन् । दाङको भालुवाङबाट रोल्पाको सुलीचौरका लागि छुटेको रा१ज ८०९ नम्बरको स्कारपियो जिप शुक्रबार बिहान १० बजे प्युठानको सरुमारानी गाउँपालिका–६ मोतीपुरमा दुर्घटनाग्रस्त भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सुनील मल्लका अनुसार अर्घाखाँची शीतगंगा नगरपालिका–७ का ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको हो भने घाइतेमध्ये चालक दशरत विश्वकर्माको अवस्था गम्भीर भएकाले उपचारका लागि बुटवल लगिँदै गरेको र ९ जना घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  बिबिसी मास्टर सेफ उपविजेता साहको पाँच भाषामा पुस्तक प्रकाशन हुँदै