सभामुखले दायर गरेको रिटको पेसी आइतबारलाई तोकियो

काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले दायर गरेको रिटको पेसी तोकिएको छ। संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै दायर रीटमा सर्वोच्चले आइतबारलाई पेस तोकेको हो।

सापकोटा आफैं रिट लिएर अदालत पुगेका थिए। सभामुख सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका थिए।

सभामुखले रिटमा बुधवार राष्ट्रपति कार्यालयमा शपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र सदस्यहरू सबैलाई विपक्षी बनाएका छन्।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव समुह संसद सचिवालयका महासचिवसँगको भेटघाटमा