ओली पक्षको आमसभाले ट्राफिक व्यवस्थापनमा असर

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले आयोजना गर्न लागेको आमसभाका कारण काठमाडौं उपत्यकाभित्रको ट्राफिक व्यवस्थापनमा असर पारेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दरबारमार्गमा हुने कार्यक्रमका लागि उपत्यकाका विभिन्न स्थानमा मानिसहरु भेला भइरहेका कारण दरबारमार्ग आसपासको सवारी आवागमनमा प्रभाव परेको छ।

ट्राफिक प्रहरीले दरबारमार्गतर्फ जाने भाडाका साना सवारी साधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पद्मोदयमोड, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर, सोह्रखुट्टेबाट डाइभर्सन गरेको छ।

सवारी आवागमन सहज बनाउनका लागि भाडाका ठूला सवारी साधनलाई चक्रपथबाट भित्र प्रवेशमा रोक लगाइएको महाशाखाले जनाएको छ। डाइभर्सनका कारण माइतिघर, सिंहदरवार, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर र सोह्रखुट्टे हुँदै चल्ने सवारी साधन चापमा चलिरहेको महाशाखाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  गैँडाको आक्रमणबाट एक महिलाकाे मृत्यु