टिपर र बस ठोक्किँदा ४ जना घाइते

स्याङ्जा। स्याङ्जामा टिपर र बस ठोक्किँदा ४ जना घाइते भएका छन्। स्याङ्जा सदरमुकाम पुतलीबजारबाट पोखरा जाँदै गरेको ग १ ख ७६११ नम्बरको टिपर र पोखराबाट स्याङ्जा तर्फ आँउदै गरेको ग १ ख ९३७४ नम्वरको बस फेदिखोला गाउँपालिका २ मा एक आपसमा ठक्कर खाँदा दुवै तर्फका गरी ४ जना घाइते भएका जनाइएको छ।

 बसमा १० जना सवार मध्ये ३ जना घाइते भएको र टिपर चालक गरी ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार सबैको अवस्था समान्य रहेको छ।

बसमा सवार घाइते पुतलीबजार नगरपालिका १३ बस्ने वर्ष ४० की चादनी शाह, पुतलीबजार नगरपालिका ६ बस्ने वर्ष ५० की सिता कार्की र सोही ठाँउ बस्ने वर्ष ७० की हिमा शर्मा रहेको प्रहरीले जनाएको छ। टिपर चालकको भने बायाँ खुट्टामा चोट लागेकाले पोखरा उपचारका लागि पठाइएको प्रवक्ता अधिकारीले जनाए । प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  ४ संगठनले पत्रकार महासंघको निर्वाचनमा सहकार्य गर्ने