जनकपुरधाम। प्रदेश २ सरकारले मिडिया सञ्चार क्षेत्रमा तीनजना पदाधिकारीलाई नियुक्त गरेको छ। आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र लोकसंचार प्रबद्र्धन बोर्डको अध्यक्षमा शुक्रबार नियुक्त गरेको हो।
सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई नियुक्त गरिएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिए।
शुक्रबार बिहान बसेको प्रदेश मन्त्री परिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको उनले बताए। नियुक्त भएका श्यामसुन्दर र शिबहरी सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन्। मोरबैता भने सिरहा जिल्लाका बासिन्दा हुन्।