रियलमीले ल्यायो हालसम्मकै दोस्रो सस्तो फोन, यस्ता छन् फिचर्स

काठमाडौं। स्मार्टफोन ब्राण्ड रियलमीले नयाँ फाइभजी स्मार्टफोन ‘भी ११’ सार्वजनिक गरेको छ। ‘भी’ सिरिज अन्तर्गत यो फोन कम्पनीको हालसम्मकै दोस्रो सस्तो स्मार्टफोन रहेको बताइएको छ।

एन्ड्रोइड ११ मा चल्ने फोनमा ५ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ। त्यस्तै यसमा ६० हर्जको रिफ्रेस रेट सहितको ६.५२ इन्चको आईपीएस एलसीडी डिस्प्ले रहेको छ।

यो फोन (४र१२८ जीबी भेरियन्ट) चिनियाँ बजारमा ११९९ यूआन अर्थात् २१ हजार ५ सय रुपैयाँमा उपलब्ध छ। साथै ६र१२८ जीबी भेरियन्टमा पनि यो फोन उपलब्ध छ।

फोनमा प्रयोग भएको प्रोसेसरको कुरा गर्दा यसमा मिडियाटेक डाइमेन्सिटी ७०० रहेको छ। फोनको पछाडि २ वटा क्यामेरा सेटअप छ, जसमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा छ र २ मेगापिक्सेलको डेप्थ क्यामेरा छ।

सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ। सुरक्षाका लागि फोनमा फिंगरप्रिन्टर रिडरको सुविधा दिइएको छ । कम्पनीले थोरै मूल्यमा सकभर धेरै फिचर दिने प्रयास गरेको छ।