भ्यानको ठक्करबाट गोरखामा पैदलयात्रीको मृत्यु

काठमाडौं। भ्यानको ठक्करबाट गोरखामा एक जनाको मृत्यु भएको छ। शुक्रबार गोरखा नगरपालिका–८ मा गोरखा बजारबाट कोखे आहाले तर्फ गइरहेको ग १ ज ७४४६ नम्बरको भ्यानले ठक्कर दिँदा पैदल हिँडिरहेकी ५८ वर्षीय निरमाया थापाको मृत्यु भएको हो।

भ्यानको ठक्करबाट घाइते भएकी थापाको उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी हवल्दार टीका शर्माले बताए।

ठक्कर दिने चालक र सवारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कीर्तिपुरमा दुर्घटना गराइ फरार चालक कलंकीबाट पक्राउ