उत्तरी अफगानिस्तानमा झडप हुँदा २६ जनाको मृत्यु

काठमाडौं। अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परी सरकार समर्थक १६ लडाकू र १० तालिबान लडाकूको मृत्यु भएको जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले बताउनु भएको छ। यस झडपमा सरकार समर्थक लडाकूका कमाण्डर अब्दुल हाकिमसहित १६ जनाको मृत्यु भएको छ। तालिबान विद्रोहीतर्फ १० जना मारिएका समाचारमा जनाइएको छ।

तालिबान लडाकू पाँचसहित नौ जना घाइते भएका पनि साफीले बताएका छन्। सयौं तालिवान लडाकूहरूले बिहान सबेरै खानबाद जिल्लाको टेपा अख्तर इलाकामा सरकार समर्थक लडाकूमाथि आक्रमण गरेका थिए। उक्त आक्रमण तीन घण्टासम्म जारी रहेको स्थानीयले जानकारी दिएका छन्।

कुन्दुज प्रान्तीय परिषदका प्रमुख मोहम्मद युसुफले यस झडपमा सरकार समर्थक १६ लडाकूको मृत्यु भएको पुष्टि गर्नु भएको छ। तालिबान लडाकू समूहले भने यस झडप र हताहतको कुनै टिप्पणी गरेका छैनन्।

अन्य सम्बन्धित समाचार:  म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल