नारायणहिटी अगाडि ओली समूहको सभा सुरु

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको सभा सुरु भएको छ। शुक्रबार काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडि सभा सुरु भएको हो।

सभालाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, सत्यनारायण मण्डल, कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्दै छन्। सभाका लागि ठूलो संख्यामा कार्याकर्ता काठमाडौंमा भेला भएका छन्।

सभा हुनुभन्दा अगाडि विभिन्‍न स्थानबाट जुलुस निकालेको थियो।

अन्य सम्बन्धित समाचार:  सरकार र विप्लव पक्षबीचको पहिलो चरणको वार्ता सकियो