काठमाडौं। बेलायत सरकारले नेपाललाई अनुदानस्वरुप दिने २० लाख डोज कोरोना विरुद्धको खोप फागुन महिनामा नेपाल आउने भएको छ।
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले विश्वभर झण्डै सात खरब रकम बराबरको कोरोना भाइरसविरुद्धको खोप सहयोग स्वरुप दिन लागिएकोमा नेपाल आगामी महिना आइपुग्ने गरी पाउने बताएकी छिन्। उनले ट्वीट गर्दै नेपाल सरकारसँगको सहकार्यले उक्त खोप वितरण हुने जनाइन्।
बेलायत सरकारको कोभ्याकसलाई करीव रु. साढे सात खरब (५५० मिलियन पाउण्ड) रकमको सहयोगले नेपाललाई २० लाख भन्दा बढी डोज खोप आगामी महिनामा आइपुग्ने भएकोले निकै हर्षित छु। नेपाल सरकारको @mohpnep, @WHONepal र @unicef_nepal संगको हाम्रो सयकार्यले उक्त खोप वितरण हुनेछ । #VaccinesForAll pic.twitter.com/wliBK2exTo
— NicolaPollitt (@NicolaPollittUK) February 4, 2021