सक्कली कम्युनिष्ट हामी हौँः कृष्णगोपाल श्रेष्ठ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता कृष्ण गोपाल श्रेष्ठले सक्कली कम्युनिष्ट आफूहरु भएको दाबी गरेका छन्। ओली समूहले शुक्रबार काठमाडौंमा गरेको जनसभालाई सम्बोधन गर्दै श्रेष्ठले प्रचण्ड नेपाल प्वाँख पलाएर पार्टीबाट बाहिर गइसकेको टिप्पणी गर्दै ओली समूह नै आधिकारिक भएको बताएका हुन्।

“सक्कली कम्युनिष्ट पार्टी हामी हौँ। मयूरको प्वाँख लगाएका प्वाँखहरु पार्टीबाट बाहिर गइसकेका छन्। उनीहरु हामीलाई क्वाक्वा कराएपछि जनताले थाहा पाए माईतीधर गएर काजगका टुक्राहरु छातीमा टाँसेर बसेका छन्।” उनले भने।

त्यस्तै नेकपाबाट नक्कली धातुहरु गएको दाबी गर्दै सक्कली धातुहरु आज भएको जनसभामा उपस्थित भएको टिप्पणी समेत गरेका छन्। त्यस्तै कार्यक्रम हेर्न आएका नेता तथा कार्यकर्ताहरुलाई हिराको टुक्राको संज्ञा दिँदै श्रेष्ठले नारायणहिटीको मण्डलामा सक्कली सुनहरु बसेको र हिराका टुक्राहरु संग्राहलयको दाँयाबाँया, जयनेपाल हल र केशर महलतिर बसेको बताए। “हामी संयम र कर्तव्यबोधका साथ बस्नु पर्छ। हरेक काठमा टुक्राहरु सुन हुँदैहुन्नन् ।” उनले भने, “सक्क्ली सुनहरु नारायणहिटी अगाडिको मण्डलमा बसिरहेका छ्न र हिराका टुक्राहरु संग्रालयको दायाँ बाया र केशवरमहल जयनेपाल बसिरहनुभएको छ। नक्कली धातुहरु गए।”

अन्य सम्बन्धित समाचार:  प्रचण्डको समुहमा लागेपछि बादलले स्वकीयसचिव तामाङलाई हटाए