मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गर्छौंः रामबहादुर थापा

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गर्ने बताएका छन्। शुक्रबार नारायणहिटीमा ओली समूहले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले मांसाहारी आन्दोलन गर्ने अपराधबाट सचेत रहन चेतावनी दिएका हुन्।

उनले नारायणहिटीको आँगनमा गणतन्त्रको लागि आएको भन्दै अफवाह नफैलाउन चेतावनी दिए। उनले भने, ‘अहिले मांसाहारी आन्दोलन गर्ने कुरा भइरहेको छ, हाम्रो देशको संविधानले यसलाई अपराध मानेको छ र यस्तालाई हामी जावलाखेलको जूमा लगेर बन्द गर्नेछौं।’

लाखौँ संख्यामा जनताको यो उपस्थितिले तेस्रो जनअन्दोलन सुरु भन्दै उनले देशमा असाधारण परिस्थिति भएको बताए। ‘राष्ट्रिय स्वाधीनताको निम्ति एक छ, समाजवादका पक्षमा आन्दोलित भएका छौँ,’ उनले भने, ‘समग्र जनता संविधानको रक्षाका लागि आन्दोलित भएका छन्।’

अन्य सम्बन्धित समाचार:  सर्वोच्चको फैसलाले प्रचण्ड–माधव समुह संकटमाः महेश बस्नेत

उनले यो असामान्य परिस्थिति राजनितिक नेतृत्वको प्रश्नसँग जोडिएको बताए।