ओली गौतम बुद्धका उत्तराधिकारी हुन्: सत्यनारायण मण्डल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले केपी ओलीलाई भगवान गौतम बुद्धको उत्तराधिकारीको संज्ञा दिएका छन्। नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि आयोजित जनसभालाई शुक्रबार सम्बोधनका क्रममा मण्डलले ओलीलाई गौतम बुद्धको उत्तराधिकारीको संज्ञा दिएका हुन्।

मण्डले दाहाल नेपाल समूहलाई लक्षित गर्दै विचारको राजनीति सकिएपछि सडकमा गएर ‘म यहाँ छु’ भनेर बसेको भन्दै कटाक्ष गरे। आफ्नै पार्टीको सरकार ढाल्न अघि बढेकाहरू अहिले केही नलागेर सडकमा बसेका छन्, उनले भने, ‘विचार र सिद्धान्त नभएपछि आफैं उनीहरुको हालत त्यस्तो हुन पुग्यो।’

प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै विकल्प छैन, उहाँलाई हामीले गौतम बुद्धका उत्तराधिकारीका रुपमा लिएका छौं, उनले भने, ‘उहाँलाई हामी सबै मधेसी र सम्पूर्ण मधेसको प्यार रहेको छ।’

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन