काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूह नै मूल पार्टी भएको दावी गरेका छन्। शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मूल पार्टी कुन भन्ने अन्योलमा अझै कोही रहे कठैबरा भन्न सकिने जिकिर गरे।
सभा गर्नका लागि पुग्ने ठाउँ नभएकाले नारायणहिटीअघिको स्थान छानेको भन्दै उनले अन्यत्र ठाउँ सानो भएकाले त्यहाँ सभा गरेको बताए।
सबैभन्दा ठूलो ठाउँ छान्दा पनि जनता बस्ने ठाउँ नभएको ओलीले बताए।