सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र पार्टीभित्रैबाट भयोः पार्वती रावल

काठमाडौं। नेकपा की राष्ट्रिय सभा सदस्य पार्वती रावलले पार्टीकै केही नेताहरूले सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र गरेको बताइन्। प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले आयोजना गरेको बृहत आमसभामा स्वागत मन्तव्य राख्दै रावलले यस्तो बताएकी हुन्।

उनले भनीन्, सरकारलाई चल्न नदिने, काम गर्न नदिने, घेराबन्दी गर्ने षड्यन्त्र पार्टीभित्रैबाट भएकाले आजको अवस्था आएको हो। पार्टीभित्रका केही पदलोलुप नेताहरूका कारण जनताको प्यारो पार्टी नेकपामा जुन विग्रह ल्याउन खोजिएको छ, त्यो सर्वथा खेदजनक छ। यो दुष्कर्मलाई चिर्दै हामी गम्भीर भएर पार्टी जोगाउनु, जनताको आशा र भरोसालाई जोगाउनु पर्ने अवस्था आएको छ।’  साथै उनले पार्टीमा आएको विग्रहप्रति आफूहरू खुशी नरहेको दाबी गरीन्

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता