देश चुनावतर्फ गयो गयोः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावमा होमिएको बताएका छन्। शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनावले नै सबैकुराको फैसला गर्ने बताएका हुन्।

देश विकास हुन नदिन अहिले षड्यन्त्र भइरहेको भन्दै देशमा विकासका कैयौं काम भइरहेको बताए। ओलीले यो सभालाई असफल बनाउन बिहीबार बन्द गरिएको आरोप लगाउदै बन्दका क्रममा भएका तोडफोडको क्षतिपुर्ति सरकारले दिने बताए। हिजो बन्द गरेर तर्साउन खोजेको भन्दै आजपनि कतिपय ठाउमा बम राखेर विप्लव लेख्ने काम भएको ओलीले बताए।

ओलीले यसअघि उत्तरतर्फको नाका खोल्दा प्रधानमन्त्रीबाट हटाइयो, यसपटक नक्शा जारी गरेपछि विवाद झिकिएको बताए। आफुलाई तीन बर्ष काम गर्न नदिएको भन्दै उनले दुई चार जनाले छोडेर गएपछि अहिले आएर संबैधानिक आयोगले पूर्णता पाएको बताए। अहिले आयोग बनेकोमा एक समुहलाई ठुलो पिर परेको भन्दै उनले आयोग बनेको अर्को दिन नेपाल बन्द गरिएको बताए।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव पक्षको निर्णय: पूर्वएमाले र पूर्वमाओवादी अलगअलग भएर जाने

उनले लोकतन्त्रप्रति कसले पनि कर्के आँखा नलगाए हुन्छ भन्दै देश अब अघि बढेको बताए। प्रधानमन्त्री ओलीले जनतालाई हेर्ने सरकार भएको भन्दै जनतालाई ढुक्क हुन आग्रह गरे।