आन्दोलनकारीले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार हड्तालका क्रममा आन्दोलनकारीले जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने दाबी गरेका छन्। प्रधानमन्त्री ओली पक्षीय नेकपाले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै उनले हड्तालका क्रममा जलाइएको ट्याक्सीको बीमा भएमा बीमामार्फत नभएमा सरकारले क्षतिपुर्ती दिने बताएका हुन्।

त्यसैगरी प्रधानमन्त्री ओलीले हड्तालमा आन्दोलनकारी मार्फत तरकारी फालिएका जनतालाई पनि क्षतिपूर्ति दिने जानकारी दिएका छन्।  नेपाल बन्दको नाममा जनतालाई दुख दिने काम मान्य नहुने उनले बताए। साथै उनले हालको सरकारको जति छिटो विकासका कार्य अरु कुनै सरकारको पालामा नभएको समेत दाबी गरेका छन्। 

यसअघि, उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि आमहडतालमा जलाइएको ट्याक्सीका चालकलाई क्षतिपूर्ति दिने बताएका थिए। त्यसैगरी सो आमहडतालमा गरिएका अन्य तोडफोडबाट भएको क्षतिको पनि क्षतिपूर्ति दिइने उनले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चको फैसला निर्वाचन आयोग पुग्यो