प्रधानमन्त्री ओलीको निरंकुशतन्त्र ढल्छ: भीम रावल

काठमाडौं। नेकपा प्रचण्ड– नेपाल समुहका नेता भीम रावलले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री ओली पक्षले आयोजना गरेको बृहत सभामा दिएको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशता तर्फ उन्मुख भएको बताएका छन्।

उनले आफ्नो ट्वीट मार्फत केपी ओली तानाशाह बन्ने सपना देखिरहेको आरोप लगाएका हुन्। उनले ट्वीटमा लेखेका छन्, “प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरुद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रम ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्न देखिरहनुभएको पुष्टि हुन्छ। निरंकुशतन्त्र ढल्छ।’

 

अन्य सम्बन्धित समाचार:  नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना छः विप्लव