काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संसोधन अध्यादेश २०७७ जारी गरेकी छन्। सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले शुक्रवार अध्यादेश जारी गरेकी हुन्।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारसिमा राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।
‘आज मिति २०७७ साल माघ २३ गते शुक्रवारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नुभएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।