काठमाडौं। पछिल्लो २४ घण्टामा आज देशभर थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै हालसम्म २,७१,७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार आज देशभर २७२ जना कोरोना संक्रमित निको भएका छन् भने हालसम्म २,६७,५६४ जना कोरोना संक्रमित निको भएका छन्।
साथै हाल देशभर २,१०८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसैगरी आज देशभरी २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हाे भने अहिलेसम्म २,०३५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।