सवा २ लाखसहित ७ जना जुवाडे पक्राउ

दाङ। दाङमा सवा २ लाखसहित सात जना जुवाडे पक्राउ परेका छन्। घोराही ९ तेघराबाट २ लाख २० हजार ७ सय रकमसहित सात जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले बताए। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको बिशेष टोलीले जुवाडेलाई पक्राउ गरेको हो।

जुवाको खालबाट घोराही १६ सर्रा बस्ने ३३ वर्षीय धिरण शाह, घोराही ९ का २१ वर्षीय प्रज्वल शाह, घोराही २ का २३ वर्षीय रोहन खाती, घोराही १३ का २० वर्षीय सुनिल पुनमगर, घोराही ७ का २२ वर्षीय पङ्कज पन्त, घोराही ९ का ५४ वर्षीय होमबहादुर केसी, रोल्पा त्रिबेणी गाउँपालिकाका विजय गाहामगर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालले जानकारी दिएका छन्।

अन्य सम्बन्धित समाचार:  बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो