दाङ। दाङमा बालविवाह गरेको आरोपमा बेहुला पक्राउ परेका छन्। घोराही ९ बस्ने २८ वर्षीय वसन्त चौधरीलाई दाङ प्रहरीले पक्राउ गरेको छ। चौधरीले केही दिनअगाडि घोराही १० नारायणपुरकी एक बालिकासँग बाल विवाह गरेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्द बाल विवाह बारे स्थानीयले उजुरी दिएपछि बेहुला र बेहुलीलाई नियन्त्रणमा लिइएको हो।
चौधरीले माघ १० गते नारायणपुरबाट बिहे गरेका थिए। प्रहरीको मुद्दा फाटले केटी पक्षलाई जन्म दर्तासहित उमेर खुल्ने कागज ल्याउन भनिसकेको र उमेर खुल्ने कागज आएर बाल विवाह गरेको देखिएमा कानुनी प्रक्रिया अघि बढ्ने दाङका डीएसपी तथा प्रवक्ता मुकुन्द रिजालले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।