बैतडीमा किशोरीको बलात्कारपछि हत्या गरिएकाे भन्दै विद्यार्थीहरू आन्दोलनमा

बैतडी। बैतडीको दोगडा केदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरूले किशोरीको शव भेटिएको ठाउँबाट नाराबाजी गर्दै बजार क्षेत्रमा आन्दोलन गर्नुका साथै बैतडीको महाकाली लोकमार्ग पनि अवरुद्ध पारेका छन्।

आन्दोलनरत विद्यार्थीहरुले किशोरीको बलात्कारपछि हत्या गरिएको भन्दै दोषीलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरेका छन्। बुधबार विद्यालयबाट घर फर्कने क्रममा किशोरी घर नपुग्दै बेपत्ता भएकी हुन्। उनको शव बिहीबार साँझ घर नजिकैको जङ्गलमा भेटिएको थियो। घटना शंकास्पद रहेकोले स्थलगत अनुसन्धानका लागि आफू दोगडा केदार पुगेको बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्। घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर बिहीबार राति नै ल्याइसकिएको उनले बताए। 

अन्य सम्बन्धित समाचार:  कर्मचारी अभावले सेवा प्रवाहमा समस्या