एक युवाले गरे ट्याक्सी चालकलाई नगद सहयोग

काठमाडौं। काठमाडौं विश्वविद्यालयमा अध्ययनरत एक युवाले आमहड्तालका क्रममा आन्दोलनकारीद्वारा पीडित ट्याक्सीका चालकलाई आर्थीक सहयोग गरेका छन्। ट्याक्सी चलाएर जीवन धान्दै आएका कुम्भनारायण श्रेष्ठको प्रदेश ३ औं ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी बिहीबार आमहड्तालका क्रममा प्रदर्शनकारीहरूले जलाइदिएका थिए। 

 उक्त ट्याक्सीका चालक श्रेष्ठलाई बिहीबारै विश्वविद्यालयमा अध्ययनरत समून्द्र तिमल्सिनाले ८ हजार रुपैयाँ नगद सहयोग गरेका जनाइएको छ। तिमल्सिनाकै पहलमा श्रेष्ठलाई नगद सहयोग गर्ने अभियान पनि सुरु भएको छ। सहयोग गर्न चाहनेले श्रेष्ठको लक्ष्मी बैंकस्थित खाता नम्बर ०१२२०१९३६६६ मा रकम जम्मा गर्न सक्ने जनाइएको छ। 

अन्य सम्बन्धित समाचार:  आइतवार कतिमा काराेवार हुँदैछ सुन?