आम्दा अस्पतालमा सुत्केरी महिलाको मृत्यु

माेटरसाइकल

झापा। झापाको दमकस्थित आम्दा अस्पतालमा शुक्रवार बिहान बच्चा जन्माएकी एक महिलाको मृत्यु भएको छ। बिहीबार बेलुकी करिब ७ः३० बजे सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याइएकी मोरङ मिक्लाजुङ ९ नाइतेपानी घर भएकी मनीषा राईको शुक्रवार बिहान मृत्यु भएको हो। उनले बिहान ७.४५ बजे छोरा जन्माएकी थिइन।

हिजो बेलुका ७ः३० बजेतिर एम्बुलेन्समा ल्याइएकी श्रीमतीलाई राती बेथाले धेरै च्यापे पछि बारम्बार खबर गर्दा पनि केही हुँदैन यस्तै हो भन्दै बेवास्ता गरेको मृतक मनिषाका पति सन्तोष राइले दाबी गरेका छन्। सन्तोषका अनुसार बिहान बच्चा जन्मिएपछि पनि चिकित्सकहरूले सुत्केरी महिलाको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिन नखोजेको र अधिक रक्तस्रावका कारण मनीषा छटपटाएकी रहेकी थिइन्।

अन्तिम समयमा आएर आम्दा अस्पतालले ती महिलाको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको  थियो भने मृतककी दिदी मेनुका राईले  मनिषाको मृत्यु आम्दा अस्पतालमै भएको तर जबरजस्ती अस्पतालले धरान रेफर गरेर पन्छिन खोजेको बताएकी छिन्। मृतकका आफन्त र गाउँलेहरूले ती सुत्केरीको मृत्यु आम्दा अस्पतालकै हेलचेक्र्याइँले भएको भन्दै अस्पताल समक्ष विभिन्न मागहरू अघि सारेका छन्। पीडित पक्षको मागका विषयमा अहिले अस्पताल प्रशासन सँग छलफल भइरहेको जनाइएको छ। 

अन्य सम्बन्धित समाचार:  पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही