काठमाडौं। नेकपा केपी शर्मा ओली पक्षले आज राजधानीमा आयोजना गरेको बृहत् जनसभाबाट पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा खुसी भएका छन्। नेता बाँस्कोटाले आफ्नो ट्वीट मार्फत आजको जनसभापछि काठमाडौंमा एउटा विशाल सभा मैदान तत्काल बनाउन थाल्नुपर्ने आवश्यक रहेको जानकारी दिएका हुन्।
उनले ट्वीटमा लेखेका छन्, ‘आजको जनसभापछि तपाईँहरूले के सोच्नु भो म भन्न सक्दिनँ। मैले सोचेँ, अब काठमाण्डौले एउटा विशाल सभा मैदान तत्कालै बनाउन थाल्नु पर्ने देखियो नत्र मुल वक्त्ताको प्रत्यक्ष अनुहार नै नदेखी सहभागीहरु फर्कनु पर्ने भइरहने भो, सभा कत्रो भो? बहस गर्नेलाई छुट छँदैछ नि कुतर्क गर्नलाई।’
आजकाे जनसभापछि तपाईंहरुले के साेच्नु भाे म भन्न सक्दिन।मैले साेचे-अब काठमाण्डाैले एउटा विशाल सभा मैदान तत्कालै बनाउन थाल्नु पर्ने देखियाे नत्र मुलवक्त्ताकाे प्रत्यक्ष अनुहार नै नदेखि सहभागी हरु फर्कनु पर्ने भईरहने भाे।सभा कत्रो भाे ?बहश गर्नेलाई छुट छदैछ नि कुतर्क गर्नलाई।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 5, 2021