जेलमा थुनिएका दुई कुखुरा रिहाइको प्रतिक्षामा

एजेन्सी। भारतको तेलाङ्गनामा २५ दिनदेखि जेलमा थुनिएका दुई कुखुरा रिहाइको प्रतिक्षामा छन्। केही सट्टेबाजका कारण उनीहरूलाई समातेर त्यहाँ राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कुखुराका साथमा पक्राउ परेको सट्टेबाजहरू जमानतमा रिहा भइसकेका छन्। तर, दुई कुखुरा भने अहिलेसम्म जेलमै छन्। उनीहरूलाई प्रहरीले १० जनवरीमा पक्राउ गरेको थियो।

संक्रान्ति पर्वको समयमा कुखुरा समात्ने खेल सँगै सट्टेबाजी खेलाइरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको थियो । सोही स्थानबाट प्रहरीले एउटा मोटरसाइकल र दुईवटा कखुरा पनि बरामद गरेको थियो।

पक्राउ परेका मानिसहरू जमानतमा निस्किएपछि कुखुरालाई कसैले पनि दाबी गर्न नआएपछि जेलमै रहेका हुन्। कुखुरालाई प्रमाणका लागि थानामा बन्द गरिएको जनाउने प्रहरीले घटनाको अनुसन्धानपछि मात्र छोड्न मिल्ने जानकारी दिएको छ।