बाग्लुङमा हिमपात र वर्षा

बाग्लुङ

बाग्लुङ। बाग्लुङमा हिमपात र वर्षा भएपछि स्थानीयहरु खुसी भएका छन्। जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात र भने अन्य स्थानमा वर्षा भएपछि स्थानीयमा खुसी छाएको हो।

शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको र भने अन्य स्थानमा पानी परेको हो। यहाँका स्थानीय घुम्ती बसाई गर्न तल्लो ढोरपाटन झरेको र वर्षापछि आलु लगाउन माथि जाने बताइन्छ।

यसै क्रममा ढोरपाटनको ढोरपाटन जनवादी घुम्ती विद्यालयले चिसो बढेसँगै बोबाङबाट पठनपाठन सञ्चालन गरेको छ। हिमपात भएपछि बुर्तिबाङदेखि ढोरपाटन चल्ने यातायातका साधन चल्न सकेका छैनन्।

हल्का वर्षापछि उच्च पहाडी क्षेत्रमा हिमपात भए पनि बारीमा भएको गहुँ जौलगायतका खेतीपातीलाई राम्रो हुने किसानको भनाइ छ। ढोरपाटन तथा निसीखोलाको उच्च भागसँगै बागलुङ र पूर्वी रुकुम सिमानामा हिमपात भएको छ।

अन्य सम्बन्धित समाचार:  मुखमा रक्सीको बोतल कोचेर एकल महिलामाथि सामुहिक बलात्कार