माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जनाको मृत्यु

माेटरसाइकल

कैलाली। कैलालीको सुदूरपूर्वी जानकी गाउँपालिका-९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ। घर लिपपोतका लागि माटो लिन गएका पूर्वी खैरीफाँटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुर डिएसपी मधुसुदन न्यौपानेका अनुसार घटनामा परी दुई जना घाइते भएका छन्। घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन्। घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या