ट्रम्पलाई कुटनीतिक जानकारी दिनु नहुने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ

ट्रम्प

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महत्वपूर्ण कूटनीतिक जानकारी दिन नहुने बताएका छन्। बीबीसीका अनुसार ट्रम्पको अस्थिर व्यवहारका कारण महत्वपूर्ण कुटनीतिक सूचनामा ट्रम्पको पहुँच हुन नहुने पक्षमा आफू रहेको राष्ट्रपति बाइडेनले बताएका छन्।

अमेरिकामा पूर्व राष्ट्रपतिलाई समेत राष्ट्रिय सुरक्षा सम्बन्धी जानकारी दिने परम्परा छ। तर ट्रम्पको अस्थिर र अनिश्चित व्यवहारका कारण त्यो परम्परा तोड्नुपर्ने पक्षमा रहेको बाइडेनले बताएका छन्। ट्रम्पसम्म पुग्ने सूचना अन्तै जाँदैन भन्नेमा ढुक्क हुन सक्ने आधार नभएकाले कुटनीतिक सूचनामा पहुँच दिन नहुने उनको तर्क छ।

आफ्नो कार्यकालमा कुटनीतिक क्षेत्रमा तनावपूर्ण सम्बन्ध राखेका ट्रम्पले चार वर्षमै ६ जना राष्ट्रिय कुटनीतिक निर्देशक परिवर्तन गर्नुभएको थियो । अन्तर्राष्ट्रिय कुटनीतिमा समेत अस्थिर देखिएका ट्रम्पमा बाइडेनले अस्थिर व्यवहारको खतरा देख्नुभएको बीबीसीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  नाभाल्नीलाई मस्कोको जेलबाट अज्ञातस्थलमा लगियो