शिशिर योगीको स्वरमा ‘जो आए नि जनताले सधैं दुःख पाए’ गीत सार्वजनिक

शिशिर

काठमाडाैं। शिशिर योगीको स्वरमा ‘जो आए नि जनताले सधैं दुःख पाए’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भूपेन्द्र खत्रीको शब्द र संगीतमा रहेको गीतको म्युजिक भिडियो अन्तरिक्ष अधिकारीले निर्देशन गरेका हुन्।

यस गीतमा इतिहासदेखि वर्तमानसम्मको नेपालको बिडम्बनापूर्ण राजनीतिक यर्थाथलाई उतारिएको छ।

किरण कँडेलले संगीत संयोजन गरेको यस गीतको भिडियोमा गायक योगीसँगै विष्णु पराजुली, विरेन्द्र बस्नेत, प्रदीप ढुंगाना, भेग पहारी, पार्थ तिमल्सिनालगायत कलाकारले अभिनय गरेका छन्।