ललितपुर महानगरका भित्री गल्लीहरुमा चारपांग्रे सवारीसाधन चलाउन निषेध

ललितपुर। ललितपुर महानगरपालिकामा बढ्दाे सवारी चाप नियन्त्रण गर्न सवारीसाधन चलाउन निषेध गरिने भएकाे छ। महानगरका भित्री गल्लीहरुमा साँघुरो बाटोका कारण सवारी चाप बढेपछि केही स्थानमा चारपांग्रे सवारीसाधन चलाउन निषेध लगाइने भएको हाे।

महानगरीय ट्राफिक महाशाखा र ललितपुर महानगरपालिकाको समन्वयमा केही स्थानलाई तोकेर चारपांग्रे गाडी चलाउन निषेध गरिएको हो।

शनिबार दुबै निकायबीच समन्वयमा भित्री बाटोहरूमा चारपांग्रे गाडीलाई निषेध लगाउने सहमति भएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

उनका अनुसार ललितपुर महानगरपालिका अन्तर्गतको युएनपार्क, ज्वागल, चाकुपाट र पाटन ढोका बसपार्कबाट आउने-जाने चारपांग्रे सवारीसाधनलाई निषेध गरिएको छ।

 

अन्य सम्बन्धित समाचार:  अत्याधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु