दाङमा छुट्टाछुट्टै सडक दुर्घटनामा परेर तीन जनाको मृत्यु

दाङ। दाङमा छुट्टाछुट्टै सडक दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ। दङ्गिशरण गाउँपालिकाको रगैचा र लमहीमा शुक्रबार भएका  दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको हो।

विपरित दिशाबाट आइरहेको रा १ त २४४३ नम्बरको ट्याक्टर र रा ६ प १४३४ नम्बरको मोटरसाइकल एक आपसमा ठाेक्किँदा मोटरसाइकलमा सवारमा दङ्गिशरण गाउँपालिका ४ बस्ने दिनेश खड्का र सोही ठाउँका विवेक थापाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख थम्मन जिशीले जानकारी दिए।

त्यस्तै लमहीमा आफूले चलाएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। लमहीको अर्जुन खोलाको किनारबाट कमानपुरतर्फ जाँदै गरेको रा १ त ३१७४ नम्बरको ट्याक्टर लोड गरेर उकालोतर्फ जाँदै गर्दा लोड गरिएको ट्रालीले घाँटी थिचिँदा चालक लमही ७ बस्ने हेमन्त गिरि मृत्यु भएको हो।