काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ९९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा २ हजार ७ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ९९ जनामा कोरोना पुष्टि भएको हो। नेपालमा हाल १ हजार ९ सय ५९ जना सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म २० लाख ९१ हजार १ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ।
२४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने हाल ९५ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २ सय ४८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ।