काठमाडाैं। काठमाडाैं उपत्यकाका फुल्चोकी र चन्द्रागिरी डाँडामा हिउँ परेको छ। आज बिहानदेखि बढेको चिसोका कारण काठमाडाैं उपत्यका आसपासका डाँडामा सामान्य हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै काठमाडाैंबाट नजिकै रहेको पर्यटकीय क्षेत्र दामनमा पनि हिउँ परेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज चिसो बढेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडाैं उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका थोरै ठाउँमा पानी परेको छ।

यस्तै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भइरहेको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिए।
आज राति पनि केहि ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने अनुमान छ। भोलिदेखि भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ।