कपिलवस्तुमा ओली सरकारले चालेको असंवैधानिक कदम विरुद्ध प्रदर्शन

कपिलवस्तुनेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले केपी ओली सरकारले चालेको असंवैधानिक कदम विरुद्ध प्रदर्शन गरेको छ। शनिबार कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेकाे बुद्ध पद्यम उच्च माध्यमिक विद्यालयबाट शुरु भएकाे  विराेध र्याली प्रशासन चोक सम्म पुगेर काेणसभामा परिणत भएकाे थियाे।   

कार्यक्रममा सहभागीहरुले प्रशासन चोकमा कोण सभा गरि सरकारले गरेको असंवैधानिक कदम विरुद्व दवाव दिनुकाे साथै नेपाल प्रेस युनिय कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईँकाे पुनस्थापना नहुँदासम्म आन्दोलन जारी राख्ने र सम्मानित स्वतन्त्र न्यायपालिकाको सम्मान गर्ने बताएका छन्।