महोत्तरीबाट नेपाली नक्कली नोट सहित दुई भारतीय पक्राउ

महोत्तरी। महोत्तरीबाट नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेक‍ा छन्।

पक्राउ पर्नेमा भारत सितामढी ग्राम पञ्चायत नरगा लक्ष्मीपुर-२ बस्ने ३५ वर्षीय साबिर अञ्सारी र भारत सितामढी ग्राम पठनपुर-१४ बस्ने ४२ वर्षीय जियाउल अञ्सारी रहेका प्रहरीले जनाएको छ।

जलेश्वर नगरपालिका-१ स्थित सडकबाट ५ सय दरका २७ थान गरी जम्मा १३ हजार ५ सय नक्कली नेपाली नोटसहित उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

बिआर३०भी ९५३० नम्बरको मोटरसाइकललाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट नेपाली नगद १६ हजार रुपैयाँ र दुई थान मोबाइलसमेत बरामद गरिएको र दुवैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासतमा लिई अनुसन्धान थालेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  साइबर ब्यूरोको नाममा नक्कली फेसबुक पेज खेल्ने पक्राउ