गरिब तथा असहायहरूको लागि निःशुल्क दन्त शिविर सञ्चालन

धनुषा। महोत्तरी जिल्लाको  मनराशिसवा नगरपालिका वडा नं.  ४ मा गरिब तथा असहायहरूको लागि निःशुल्क दन्त शिविर सञ्चालन गरिएकाे छ। उक्त  दन्त शिविरमा एक सय भन्दा बढी दाँतका बिरामीहरुकाे उपचार गरिएकाे आयाेजकले बताएकाे छ।

काठमाडौँ क्यान्सर हस्पिटलको आयोजना तथा रामशती असर्फी साह सेवा प्रतिष्ठान र अप्पन डेन्टल चेम्बरको सहयोगमा सञ्चालन भएकाे  उक्त शिविरमा एक सय ९१ जना दाँतका बिरामील सेवा लिएका थिए।

शिविरमा ६० जना बिरामीको किरा लागेकाे दात निकाल्नुकाे साथै १५ जनामा दाँत भरिएकाे जनाईएकाे छ। शिविरमा बिरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएकाे अप्पन डेन्टल चेम्बरका प्रमुख डा अजय शाहले जानकारी दिए।

 

अन्य सम्बन्धित समाचार:  डेंगु नियन्त्रणका लागि अभियान सञ्चालन गरिने