पाँच केजी गाँजा सहित एक युवती पक्राउ

काठमाडौं। प्रहरीले कागेश्‍वरी मनोहराबाट पाँच केजी गाँजासहित एक युवतीलाई पक्राउ गरेको छ।

कागेश्‍वरी मनोहरा नगरपालिका-८ शिवचोक डेरा गरी बस्‍ने मोरङ घर भएकी २२ वर्षीया सपना राजबंशीलाई करिब पाँच केजी गाँजासहित प्रहरीले पक्राउ गरेको हो।

उनको कोठामा लागुऔषध लुकाएर राखेको भन्‍ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। घटनामा संलग्‍न फरार सिन्धुपाल्चोक मेलम्ची घर भएका २६ वर्षीय ईश्वर आचार्यको प्रहरीले खोजी गरिरहेको छ।

 

अन्य सम्बन्धित समाचार:  आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ