अफगानी सेनाको हवाइ कारबाहीमा परेर १८ तालिवानको मृत्यु

अफगानी

एजेन्सी। अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सेनाले तालिबानलक्षित हवाइ आक्रमणमा परी १८ जना तालिवानको मृत्यु भएको छ।

नान्गार्हार प्रान्तको पश्चिम भागमा रहेको शिजदी जिल्लाको पहाडी इलाकामा हवाइ आक्रमण भएको सरकारी निकायद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। मारिने तालिबान लडाकूमा १० जना विशेष लडाकू रेजिमेन्टका सदस्य रहेको बताइएको छ।

अन्य १० जना विशेष लडाकूका सदस्य घाइते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबान आतंककारीविरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई तीव्र पारेको छ।

अन्य सम्बन्धित समाचार:  अम्बानीको घरअगाडि विस्फोटक पदार्थ राखेको आतङ्कवादी संगठनको स्विकारोक्ति